
कञ्चनपुर – लागुऔषधसहित प्रहरीले कञ्चनपुरको भिमदत्तबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–६ ऐठपुरका २४ वर्षीय प्रवीन सिंह रहेका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार सोमबार प्रहरी टोलीले उनलाई दोधारा चाँदनी नगरपालिका–४ झोलुङ्गे पुलबाट म १ प ८२३५ नम्बरको मोटरसाइकलमा सवार गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका सिंहको साथ बाट ०.६० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको छ । अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।