
विराटनगरस्थित बालसुधार गृहबाट गएराति चार जना बालक फरार भएका छन् ।फरार भएका मध्ये एक जना आज बिहान पक्राउ परेका छन् ।तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमबाट आज पक्राउ गरेको हो ।
बाल गृहका इन्चार्ज मिलन चौहानकबा अनुसार फरार मध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु घर भएका बालक पक्राउ परेका हुन् ।भागेका अन्य तीन जना अझैसम्म फरार रहेको र फेला पार्न नसकिएको उनले जानकारी दिए । फरार हुने अरु २ जना जवरजस्ती करणी मुद्दाका कैद सजाय पाएका र एक जना हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि रहेका बालक हुन् । उनीहरुको खोजी जारी राखिएको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मन्जिल मुकारुङले जानकारी दिए । ‘फरार मध्ये एक जना पक्राउ परेका छन्,’ उनले भने, ‘अरूको पनि खोजी कार्यमा प्रहरी जुटेको छ ।’
सुरक्षा स्रोतका अनुसार शनिबार बिहान राति २ः५५ बजेतिर एकैपटक चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेको थिए । कमजोर भौतिक संरचनाको फाइदा उठाउँदै बालसुधार गृहबाट एक वर्ष अगाडी पनि दुई जना फरार भएका थिए । त्यसबेला फरार भएको पाँच दिनपछि झापादेखि पक्राउ परेका थिए ।