२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ १३, २०७८

मोरङको सुनवर्षीमा एक पुरुषले आफ्नै बाबुको हत्या गरेका छन् । सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले प्रहार गरेर आफ्नै बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले मापसे गरेको विषयलाई लिएर भएको सामान्य घरायसी विवादमा दयालुले शनिबार बिहान ६ बजेतिर सुतिरहेकै ओछयानमा पुगेर बुवालाई ढुङ्गाले हानेको थिए। ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका टिनताललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । कोसीले उपचार सम्भव नहुने भन्दै अन्य अस्पतालमा रिफर गरिदिएपछि गम्भीर अवस्थाका उनलाई लगेर घरमै राखिएको थियो । टिनतालको आज आइतबार बिहान ५ः३० बजेतिर आफ्नै घरमा मृत्यु भएको डिएसपी मुकारुङले बताए । प्रहरीका अनुसार कोसी अस्पतालले भारतको सिलिगुडी अर्थात सुविधा सम्पन्न अरु नै अस्पतालमा रेफर गरिदिए पनि कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण वृद्धलाई थप उपचारका लागि परिवारका सदस्यले लैजान सकेनन् । खर्च अभावका कारण थप उपचार पाउन नसक्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले बाबु–छोरीबीच मापसेका विषयलाई लिएर बढेको विवाद हत्याको घटनासम्म पुगेको जनाएको छ । प्रहरीका अनुसार छोराले मापसे गरेर राति होहल्ला गर्न थालेपछि टिनतालले सम्झाई बुझाई गर्ने क्रममा बाबु छोरा बिच समान्य विवादले उग्ररुप लिएको थियो ।

विवादपछि रिसईवी साँधेर बसेका दयालुले सुतेको ओछयानबाट उठ्न नपाउँदै बाबुलाई ढुङ्गाले प्रहार गरेको प्रहरीको भनाइ छ । बाबुको हत्यामा संलग्न दयालुलाई खड्का नेतृत्वकै टोलीले नियन्त्रणमा लिइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]