२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, आषाढ १२, २०७८

रामेछाप – रामेछापको सदरमुकाम मन्थलीबाट जुवा खेल्दै गरेका ५ जनालाई शुक्रबार मध्यराति प्रहरीले पक्राउ गरेको छ । जुवाखालबाट कौडासहित नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक नबराज ढुंगानाका अनुसार कोभिड संक्रमणका बेला लगाएको निषेधाज्ञा समेतलाई अवज्ञा गरी जुवा खेलिरहेको सूचनाका आधारमा मन्थली–१ घारीटोलका चन्दबहादुर माझीको घरमा प्रहरीले मध्यरात छापा मारेको थियो । छापा मार्ने क्रममा जुवा खेलिरहेको अवस्थामा घरधनी चन्द्रबहादुर माझी, मन्थली–६ हातिटारका तेजबहादुर माझी, मन्थली–८ गाईखुराका आइते माझी, मन्थली ९ पुरानागाउँका टिकाराज आरण र सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–१ का नरेन्द्र माझीलाई कौडा र नगदसहित पक्राउ गरीएको हो । पक्राउ गरीएकाको साथबाट १ लाख ९२ हजार ९ सय ५० रुपैयाँ नगद बरामद गरिएको छ ।

प्रहरीले पक्राउ परेका पाँचै जनाविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाउने भएको छ । निषेधज्ञाको अवज्ञा गरेकाले थप मुद्दामा समेत मुद्दा चलाउनेबारे प्रहरीले छलफल गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]