२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, आषाढ १२, २०७८

सप्तरी – सिरहामा महिला कामदारमाथि बलात्कार गरेको आरोपमा एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजारका व्यापारी महेश साहलाई जबरजस्ती करणी मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।

साह धनगढीमाई नगरपालिका–९ मा सञ्चालित कौशल एग्रो ट्रेडर्स (राइस मिल) र गोलबजारस्थित राइस मिलका मालिक हुन् । उनीविरुद्ध बिहीबार कौशल एग्रोमा काम गर्ने एक महिला कामदारले इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी सम्बन्धी किटानी जाहेरी दिएकी थिइन् ।पीडित महिलाको जाहेरीपछि आरोपित साहलाई बिहीबार नै पक्राउ गरिएको लहानका डीएसपी तपन दाहालले बताए । जिल्ला अदालत सिरहाबाट शुक्रबार म्याद थप गरी उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।जिल्लाका धनाढ्य व्यापारीमध्येका एक साहलाई उम्काउन नेता, सांसद, मन्त्रीदेखि व्यापारीसम्मले सक्रियता बढाएको स्रोतले बतायो । यतिसम्म कि, दबाब र प्रभावमा पारेर बयान फेर्नसमेत दबाब बढाएको पीडितको पारिवारिक स्रोतले बताए ।

तर, सिरहाका एसपी हीरा पाण्डेले भने कसैको पेसा र पहुँचको आधारमा प्रहरी नचल्ने भन्दै अपराधको प्रकृतिअनुसार कानुनबमोजिम कारबाही हुने दाबी गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]