२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, आषाढ ११, २०७८

जनकपुरधाम – धनुषामा अंश विवादको क्रममा आफ्नै छोराले बुवाको हत्या गरेका छन् ।

धनुषाधाम नगरपालिका–१ काशिपुर का ७० वर्षीय विशो यादवलाई आफ्नै छोराले हत्या गरेका हुन् ।केहीदिनयता बुवा छोराबीच निरन्तर अंश बण्डाको विषयमा विवाद हुँदै आएको र त्यसै कारण गएराति करिब १ बजे मसाला कुट्ने खलको बिड प्रहार गरि बिशोको हत्या गरिएको धनुषाका एसपी प्रकाश रानाभाटले जनकपुरप्रेसलाई जानकारी दिए ।

प्रहरीका अनुसार मृतक विशोको टाउकोमा किरब दुई इन्च घाउ बनाइदिइएको छ । उनको घाँटी समेत थिचिएको देखिएको एक प्रहरीले बताए ।धनुषाका एसपी रानाभाटका अनुसार घटनामा संलग्न रहेको उनका छोरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या आरोपी उनका कान्छा छोरा श्रीकृष्ण यादवलाई प्रहरीले उनको घरबाटै नियन्त्रणमा लिएको हो ।

उनले अपराध समेत स्वीकार गरिसकेको एसपी रानाभाटले बताए ।मृतक यादवको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।मृतक यादवका तीन छोरा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रानाभाटको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]