२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, आषाढ ११, २०७८

पोखरामा बालिकालाई जबरजस्ती करणी गरी गाेप्यरुपमा भिडियाे बनाएकाे अभियोगमा भारतीय युवक पक्राउ परेका छन् ।

भारतको बिहार प्रदेश पश्चिमी चम्पारण जिल्ला फतुछापर ब्रिति टोल वडा नं ७ बथना स्थायी घर भइ हाल कास्कीको पोखरा महानगरपालिका वडा नं ९ शान्तिवन बस्ने २७ वर्षीय इन्द्रजित कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो । शर्माले १६ वर्षकी ती बालिकालाई ललाइ फकाइ गरी विभिन्न प्रलोभनमा पारी डर, धाकधम्की समेत दिएर जबरजस्ती करणी गरी गोप्य रुपमा भिडियो बनाएको भनी हिजाे प्रहरीमा जाहेरी परेकाे थियाे । उनले ती भिडियो तथा फोटोहरु पिडीत बालिकाकै नाममा नक्कली फेसबुक आइडी बनाएर अश्लील फोटो समेत हालिदिएको अभियाेग छ । शर्मालाई पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनु भएको छ ।

उनलाई पोखरा १४ चाउथेबाट हिजो पक्राउ गरिएको हो । उनी विरुद्ध जबरजस्ती करणी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रहरी नायव उपरीक्षक हमालले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]