२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ ०६, २०७८

ठगी गरेको आरोपमा मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । वनको कर्मचारी तथा पत्रकार भन्दै ठगी गरेको आरोपमा इटहरी उपमहानगरपालिका– ६ जुट विकासका ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरँैचा नगरपालिका– ७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देललाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङको रतुवामाई नगरपालिका– १० को एक काठमिलबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले ४ असारमा विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरूको साथबाट नगद ३२ हजार ९ सय ९५ रुपैयाँसहितको कागजत बरामद गरेको प्रहरीले बताएको छ ।

उनीहरूले डरत्रास देखाई विभिन्न काठमिलहरूबाट रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्सधानबाट खुलेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूविरुद्ध ठगी कसुरमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]