
ललितपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
ललितपुर उपमहानगरपालिका-२८ धापाखेलमा डेरा गरी बस्ने रामेछाप खांडादेवी गाउँपालिका-१ घर भएका २३ वर्षीय अनुष माझीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो ।
माझीले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको सूचना प्राप्त भएपछि महानगरी प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।