२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ २६, २०७८

काठमाडौं – कैलालीमा आफ्नै साथीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

लम्कीचुहा नगरपालिका–२, मोतीपुर डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने धनगढी घर ठेगाना बताउने ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा उनकै साथी कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।टाउकोको पछाडि घाउचोट रही विशाल सोमबार दिउँसो मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा घटनापछि भागी फरार भएका सोमबहादुरलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले कैलारी गाउँपालिकाको ्वीरेन्द्र सामुदायिक वनमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच आइतबार बेलुका घरेलु मदिरा सेवन गरी वादविाद हुँदा सोमबहादुरले फलामको कर्नीले टाउँकोमा हिर्काउँदा विशालको मृत्यु भएको खुल्न आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]