२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ २६, २०७८

बारा – कोभिड -१९ को रोकथामको लागि जिल्ला प्रशासन कार्यालय बाराले झण्डै एक महिना देखि निषेध आदेश जारी गरेको छ। निषेध आदेशको मौका छोपी बारामा तस्करी मौलाएको छ।

सिम्रौनगढ सिमा नाकाबाट आई रहेको दुई मोटरसाइकलमा कपडा तस्करहरुलाई नेपाल प्रहरी र स्थानीयको सहयोगमा तस्करीको कपडा सहित मोटरसाइकल नियन्त्रणमा लिएको थियो।सो तस्करीको समान स्थानीय बजार सिम्रौनगढ कै हो भनि स्थानीय ब्यापारीहरु प्रहरीसँग बिवाद पनि गरेका थिए। बिवादको बिच पनि तस्करीको कपडा सहित मोटरसाइकल नियन्त्रणमा लिन प्रहरी सफल भएका छन।

तस्करीको कपडा सहित दुई मोटर साईकलको मुल्य रु एक लाख तिस हजार बराबारको भँसार चलान गरिएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुबेदीले जानकारी दिएका छन।बिवाद गरीएको तिन जनालाई प्रहरीले खोजि गरिरहेकोमा आज एक जनालाई पक्राउ गरी बिना मुजुल्का उठाई सम्झाई बुझाई सधारण तारिखमा छोडिएको पनि जानकारी प्रहरी निरीक्षक सुबेदीले दिएका छन । निषेध आदेशको कारणले सिमा नाका पुर्ण रुपमा थप भएकोले निषेध आदेशको समयमा सिमा पारीबाट तस्करी को समान नआएको सशस्त्र प्रहरी गोलागँज बिओपि ईन्चार्ज सशस्र प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले जनाएका छन। निषेध आदेश जारी हुनु भन्दा पहिला नै आएर स्टक बसेको समान हुन सक्ने पनि श्रेष्ठले बताएका छन।

सानालाई कडाई पुजि पत्तिलाई मलाई भन्ने जस्तै नै निषेध आदेशले प्रहरीहरु गरी रहेका छन। आम जनतालाई रोटी बेटीको सम्बन्धले भारत तिर जानु परेमा जान नदिने तर तस्करीको समान ल्याउन छुट दिनुमा नै प्रश्न चिन्ह खडा भएको स्थानीय प्रत्यक्षदर्शीहरु बताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]