२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ २५, २०७८

महोत्तरीमा लुटेरा समूहले गोली प्रहार गरेर लुटपाट गरेको छ। लुटेरा समूहको गोली लागेर एक जना घाइते भएका छन्।

लोहारपट्टी नगरपालिका-६ बस्ने ४५ वर्षीया गायत्री देवी साह लुटेरा समूहको गोली प्रहारबाट सोमबार राति घाइते भएकी हुन्। रातको समयमा आफ्नो घरमा लुटपा गर्न थालेपछि हो-हल्ला गर्दा उनीहरूले गायत्रीको बाँया खुट्टाको तिघ्रामा गोली प्रहार गरेका थिए।घाइते गायत्रीलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो। गोली प्रहारपश्चात ती व्यक्तिहरूले सुन तथा चाँदीका विभिन्न गहना, नगद २५ हजार रूपैयाँ र २ थान मोबाइल समेत गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल लिई फरार भएका प्रहरीले जनाएको छ।

घटनास्थलबाट कटुवा पेस्तोलमा लाग्ने १ राउण्ड लाइभ गोली र १ राउण्ड खाली खोका प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]