२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २२, २०७८

नुहाउन गएका किशोरीमाथि हातपात गर्दै जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पाको रुन्टीगढी गाउँपालिकाका इन्जिनियर पक्राउ परेका छन ।

शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएका किशोरीलाई दाङ लमही घर भएका गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेलले हातपात गरी जवरजस्ती करणी गर्न खोजेको भन्दै पीडित किशोरीले उजुरी दिएपछि उनी पक्राउ परेका हुन ।पीडित पक्षको उजुरीका आधारमा जवरजस्ती करणी उद्योग अन्तरगत पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नवराज सुवेदीले बताए ।किशोरीले नुहाइ रहेको देखेपछि इन्जिनियर पौडेल मिनरल वाटरको बोतल बोकेर पानी भर्ने निहुँमा धारामा गएका थिए । त्यसपछि उनले धारामा नुहाउँदै गरेका किशोरीलाई जवरजस्ती करण गर्न खोजेको आरोप पीडित पक्षको छ ।ती किशोरीलाई इन्जिनियरले पहिलेदेखि नै पछ्याउँदै आएका थिए ।

विभिन्न बाहनामा बल्यकमेलिङ गर्ने गरेको समेत पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसारले इन्जियनियरले बेला बेलामा किशोरीको फेसबुक आइडी समेत माग्ने गरेको थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]