२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

काठमाडौं – चोरीको स्कुटर प्रयोग गरी मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चारजनालाई पक्राउ गरेको छ ।

बा ८३ प ३४३६ नम्बरको चोरीको स्कुटर प्रयोग गरेर काठमाडौंका विभिन्न स्थानमा मोबाइल लुटपाट गरी फरार रहेका चारजनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानीलकण्ठ नगरपालिका–९ नीलो पुलबाट सोमबार दिउँसो पक्राउ गरेको हो ।पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० घर भई काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय शोभित श्रेष्ठ, धादिङको गजुरी नगरपालिका–७ घर भई काठमाडौंको बुढानीलकण्ठ–१० बस्ने २१ वर्षीय करुण उप्रेती, बुढानीलकण्ठ–१२ बस्ने १९ वर्षीय एलिन अधिकारी र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुंगा बस्ने ३५ वर्षीय राम परियार रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट चोरीमा प्रयोगमा भएको स्कुटर र विभिन्न कम्पनीका ११ थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनामाथि चोरी तथा डाँकासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]