२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १७, २०७८

नक्कली प्रहरी बनेर रकम असुली गर्ने एक जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय सुशिल पटेल रहेका छन्।

पटेलले वडा नम्बर २ कै महादेवपटी टोलमा आफू प्रहरी कर्मचारी भएको भन्दै स्थानीयलाई धाकधम्की देखाइ रकम असुल्ने गरेको प्रहरीले जानकारी दिएको छ। निषेधाज्ञाको समयमा नेपाल भारत सीमाबाट आवतजावत गराइदिने भनी स्थानीयवासीसँग उनले रकम असुल गरेका थिए।

नक्कली प्रहरी बनेर रकम असुलेको आरोपमा पटेललाई पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]