
बर्दिया – ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले शुक्रबार बर्दियामा ६९४ ग्राम लागूऔषध चरेससहित ३ जना पक्राउ गरेको छ ।
पक्राउमा पर्नेहरुमा बर्दिया बढैयाताल गाउँपालिका वडा नम्वर ८ शितलाबजार बस्ने ४८ वर्षीय बल बहादुर कामी, बाँकेको खजुरा गाउँपालिका वडा नम्वर ६ बस्ने २६ वर्षीय कमल विश्वकर्मा र ३२ वर्षीय काली बहादुर चदारा रहेको रहेको ईलाका प्रहरी मार्यालय मैनापोखका प्रहरी निरीक्षक धमराज जोशीले बताए ।
प्रहरी निरीक्षक जोशीका अनुसार उनीहरु शंकास्पद तरिकाले उभिएर कुरा गरिहेको थिए । प्रहरीले खानतलासी गर्दा कालो रंगको झोलाभित्र कालो प्लास्टिकमा लुकाई छिपाई राखेको लागूऔषध चरेस ६९४ ग्राम फेला परेको प्रहरी निरीक्षक जोशीले बताए । थप अुनसन्धान गरिरहेको छ ।