१० चैत्र २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १५, २०७८

सप्तरी – सिरहाको लहान बजारमा चोरी डकैती रोक्न गस्ती हिंडेका प्रहरीले भोड्का रक्सी चोरेको सार्वजनिक भएपछि लहानवासीहरु छक्क परेका छन ।

घटनाअनुसार जेठ ९ गते राती इलाका प्रहरी कार्यालय लहानबाट सई नवल साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले लहान १३ स्थित पञ्चु महतोको एसके मदिरा पसलबाट चार बोतल भोड्का चोरेर मस्त पिएको सिसिटिभी क्यामेरामा कैद भएको छ ।यो घटना जेठ १० गते सिसिटिभीको रेकर्ड हेर्दा देखिएको हो । रेकर्ड हेर्ने एक व्यक्तिका अनुसार प्रहरी अनुराग रायले चोरेको चार बोतल भोड्का अन्य नौ जना प्रहरीसँगै मिलेर सितनसँग पिएको दृश्य कैद छ ।सिसिटिभीको यस्तो दृश्य देखिएपछि व्यापारीहरुवीच हल्लिखली भयो ।

त्यसपछि यो घटनाबारे लहानका डिएसपी डा. तपन दाहाललाई जानकारी गराइयो । दाहालले दोषी प्रहरीमाथि कार्यवाही गर्ने तर घटनालाई सार्वजनिक नगरिदिन अनुरोध गरेको बुझिएको छ । यस घटनाले प्रहरीको शीर निहुरिएको भन्दै उनले आन्तरिक कार्यवाही गर्ने र क्षतिपूर्तिवापत व्यवसायी महतोलाई रकम उपलव्ध गराउने वाचा गरेको बताइन्छ । डिएसपी दाहालले सिसिटिभी क्यामराको भिडियो फुटेज कसैलाई नदिन र सार्वजनिक नगर्न दवावसमेत दिएको व्यापारीहरुले बताएका छन् ।

यो घटनालाई लुकाउनको निमित वडाध्यक्ष कन्हैया गुप्ताले पनि डिएसपी दाहाललाई साथ दिइरहेको व्यापारीहरुले बताएका छन् ।वडाध्यक्ष गुप्ताले सिसिटिभी क्यामराको फुटेज सार्वजनिक गरे नराम्रो हुने भन्दै होटलको बोर्डसमेत हटाउन लगाएका छन् ।

स्मरणीय छ, लहानमा विगत दुई महिनाको अवधिमा दुई दर्जन भन्दा बढी चोरीडकैतीका घटना भएका छन् भने एक जना सुनचाँदी व्यवसायीको हत्यासमेत भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]