०९ चैत्र २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १३, २०७८

जनकपुरधाम – पर्सामा सर्जिकल पसल भित्रै पसेर प्रहरी नायव उपरीक्षकले कर्मचारी कुटपिट गरेको घटनाको अनुसन्धानका लागि प्रदेश २ प्रहरी कार्यालयले छानविन समिति गठन गरेको छ।

प्रदेशका प्रहरी प्रमुख धिरज प्रताप सिंहले सर्जिकल पसलमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले घटनाको छानविनका लागि तीन सदस्यीय समिती गठन गरिएको जानकारी दिए। घटनाको छानविनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ। ‘निषेधाज्ञा पालन गराउने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले पसल सञ्चालकसँग गरेको गैर व्यवसायीक व्यवहार सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। अनुसन्धान कार्य सुरु भएको छ। अनुसन्धानको क्रममा प्रहरी अधिकारी दोषी देखिएमा नियमावली बमोजिम कारबाही हुन्छ’, प्रदेश प्रहरी प्रमुख सिंहले भने।

बुधबार बिहान १०:२१ मा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ स्थित पानीट्याङ्की ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसमा पसेर डिएसपी कार्कीले सर्जिकल पसलका कर्मचारीलाई कुटेका थिए। सर्जिकल पसलमा काम गर्ने करिब २१ वर्षीय अफ्रोज अहमदलाई उनले कुटेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]