२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ ०८, २०७८

सप्तरी – महोत्तरी, धनुषा र सप्तरीका विभिन्न स्थानबाट नाबालकसहित ८ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्।

महोत्तरीमा पक्राउ पर्नेमा गौशाला नगरपालिका– ४ का २२ वर्षीय रबिन साह, १५ वर्षीय नाबालक, बर्दिवास नगरपालिका–१२ का ३४ वर्षीय रञ्जन आले, वडा नं. १४ का २८ वर्षीय इन्द्रजित साह सोनार, सिन्धुलीको कमलामाई नगरपालिका–६ का २४ वर्षीय रोशन थापा र सिन्धुलीकै गोलन्जोर गाउँपालिका–५ का रोहित थापा रहेको प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।

शुक्रबार दिउँसो चेकजाँचका क्रममा महोत्तरी औरही नगरपालिका–४ कठुधारस्थित सम्सीबाट माईस्थानतर्फ जाँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा रबिन साह र १५ वर्षीय नावालकलाई नियन्त्रणमा लिइएको छ।दुबैजनालाई एक्सिप्लोन १०० एमएलका ६९ बोतल, नाइट्रोभेटको ४५ वटा ट्याब्लेट, एस्पास्मोप्रोक्सिवन प्लस २४ वटा ट्याब्लेटसहित पक्राउ गरिएको हो।अनुसन्धानका क्रममा लागुऔषध बर्दिवासका रञ्जन आलेले मगाएकाले उनलाई समेत नियन्त्रणमा लिएको प्रवक्ता विष्टले जानकारी दिए।

त्यस्तै, बर्दिवास नगरपालिका–३ पाटुस्थित लागुऔषध खरिद बिक्री भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटेको प्रहरी टोलीले इन्द्रजित साह सोनार, रोशन थापा र रोहित थापालाई एस्पास्मो प्रोक्सिवन प्लस ४० पिस, कोडेन फोसफेट एन्ड क्लोरफेनिरामाइन माइलेट सिरप १०० एमएलको २५ बोतलसहित नियन्त्रणमा लिएको छ।त्यस्तै धनुषामा सशस्त्र प्रहरीले लागुऔषधसहित धनौजी गाउँपालिका ४ स्थित भडरियाबाट शुक्रबार जनकपुर उपमहानगरपालिका १ सिताचोक बस्ने २८ वर्षीय अमित कुमार चौधरीलाई पक्राउ गरेको छ ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडिझिझाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट ८५ वटा, स्पास्मो क्याप्सुल २९ वटा र एक्जीप्लोन ६ बोतल फेला परेपछि पक्राउ गरिएको हो ।यसैगरी सप्तरीको राजगढ गाउँपालिका(२ स्थित सीमा ईलाकाबाट जेठ ६ गते सशस्त्र प्रहरीले १५ वटा नाईट्रोभेट ट्याब्लेट र १ बोतल डाईलेक्स नामक लागुऔषधसहित सप्तरीकै विष्णुपुर गाउँपालिका १ बस्ने २१ वर्षीय शिवशंकर यादव पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला परेपछि पक्राउ गरिएको हो ।पक्राउ परेका दुबैजनालाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]