२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ०५, २०७८

विराटनगर – मोरङको रंगेली नगरपालिका–३ तिलुवा चोक नजिक नहरमा एक युवतीको शव फेला परेको छ।

धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार बिहान रंगेली–३ की २४ वर्षीया अनिता यादवको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काका अनुसार अनिताको शव घरदेखि करिब ढेड किलोमिटर दक्षिणमा फेला परेको हो। पानी नभएको सुक्खा नहरमा हत्या गरेर फ्याकिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।डिएसपी मन्जिल मुकारूङको नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरेको एपसी खड्काले बताए। प्रारम्भिक अनुसन्धानमा युवतीको घाँटी रेटेर हत्या गरेपछि शव नहरा फ्याँकिएको पाइएको खड्काले बताए।‘अहिले जिल्ला प्रहरी कार्याल र इलाका प्रहरी कार्यालय रंगेलीका टोली परिचालन भएर अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालेको छ।’

प्रहरीले अनिताका श्रीमान बेचन, ससुरा, सासु र देवरलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ थालेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]