२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०३, २०७८

जनकपुरधाम – निषेधाज्ञाको समयमा गुड्ने सवारीसाधनलाई रोकेर लुटपाट गर्ने दुईजनालाई सर्लाहीबाट प्रहरीले हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–५ बस्ने ३३ वर्षीय रामकरण महतो र २० वर्षीय सुरेन्द्र सदा छन् ।

वैशाख २६ गते राति ईश्वरपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा ट्रकका चालक र एउटा पिकअप गाडीको सहचालकलाई लुटपाट गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।बीआर ३० यू ७७७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एक थान नलकटुवा पेस्तोल, त्यसमा प्रयोग हुने दुई राउण्ड गोली, एक थान सुनको हनुमानी र टल्किने ज्याकेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।चालक र सहचालकसँग नगद ३७ हजार रुपैयाँ विभिन्न कम्पनीको पाँच थान मोबाइल, सुनको हनुमानी लगायतका सामान लुटेको घटनामा उनीहरु संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ ।

पक्राउ दुवैजनालाई डाँका तथा हातहतियार खरखजना मुद्दाअन्तर्गत सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको कुँवरले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]