
सर्लाही – सिलौटोले हिर्काएर आफ्नै पत्नीको हत्या गरेको आरोपमा सर्लाहीमा एकजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पत्नीको हत्या आरोपमा सिरहाको लालबन्दी नगरपालिका–२ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका ११ स्थित रामबली साहको घरमा डेरा लिई बस्दै आएका ३५ वर्षीय विजयलाल कर्ण पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदव कुँवरका अनुसार विजयलाल कर्णले आइतबार राति घरायसी विवादका कारण मसला पिस्ने सिलौटोले टाउकोमा प्रहार गर्दा ३२ वर्षकी पत्नी उषा देवी कर्णको मृत्यु भएको हो ।
पत्नीको हत्या गर्ने कर्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।