२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख २५, २०७८

काठमाण्डाै – काठमाण्डाैमा बढी भाडा लिएर यात्रुलाई ठगी गर्ने थप सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भएपछि भएको छड्के जाँचका क्रममा उनीहरु पक्राउ परेका प्रहरीले जनाएको छ ।वैदेशिक रोजगारीबाट आएका र अत्यावश्यक काम परि उपत्यका बाहिरका जिल्लाहरु जानु पर्ने यात्रुहरुसँग तोकिएको भन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीलाई कलंकी र बसपार्क क्षेत्रबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो ।सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भइ थानकोट बस्ने मनु अर्याल र उनकै छोरा अनु अर्याललाई पक्राउ गरेको छ । त्यस्तै नारायणी यातायात काउण्टरका टिकट बुकिङ् स्टाफ हेटौंडाका नवराज घिमिरे, बिपिन सुवेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ् इन्चार्ज सुन्धारा काठमाण्डौका ज्ञानेन्द्र साह पक्राउ परेका हुन ।

उनीहरुले धनुषा, महोत्तरी र वीरगञ्ज जाने यात्रुहरु संकलन गरी प्रति व्यक्ति पच्चिस सय देखि तीन हजारसम्म भाडा लिने गरेको पाइएको छ । उनीहरु पाँचै जनालाई आवश्यक कारबाहीको लागी प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ । त्यसैगरि गाेंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग ६ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रा.ली.का कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागीराम छिनाललाई पक्राउ गरि थप कारबाहीको लागि प्रहरी प्रभाग नयाँबसपार्कमा बुझाएको समेत महाशाखाले जनाएको छ ।पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु नै बढी भाडा लिएको कसुरमा पक्राउ पर्ने क्रम बढेको छ ।

यस अघि महाशाखाले १६ जनालाई पक्राउ गरि कारबाही गरेको पनि जनाएको छ । प्रहरीले बढी भाडा लिएको भए १०० वा ट्राफिक कन्ट्रोलको १०३ नम्बरमा सम्पर्क गरे जानकारी गराउन आग्रह पनि गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]