२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २३, २०७८

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने तिन जनालाई गोंगबु बसपार्कबाट पक्राउ गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा माइक्रो र बुटवल भैरहवा काउण्टरको कर्मचारीलाई आज बसपार्कबाट नियन्त्रणमा लिएको हो । काठमाडौं देखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म बाह्र सय तोकिएकामा पाँच सय प्रतिशतसम्म बढि भाडा लिएको कसुरमा तीनजनालाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनले पोखरा जाने यात्रुसँग रु.३५०० र बुटवल जाने यात्रुबाट जनही रु.६००० का दरले भाडा लिन क्रममा पक्राउ गरिएको बताए ।उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुहरुलाई ग१ख ९६२१ मार्फत पोखरा र बा४ख ५१९७ नम्बरको बस मार्फत बुटवल जाने यात्रुहरूबाट बढि भाडा असुलेको हो ।

पक्राउ पर्नेमा पोखरा माइक्रोमा काम गर्ने पोखरा-३३ घर भइ काठमाण्डौं बस्ने बर्ष ३२ को बन्दराज पराजुली र रतुवामाई ९-मोरङ्ग घर भई नेपालटार बस्ने बर्ष २९ को नवीन पौडेल साथै बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे-७ का बर्ष २९ का रंजित सिलवाल रहेको महाशाखाले जनाएको छ ।ट्राफिक प्रहरी महाशाखाले यस्तो विषम परिस्थितिमा हुन सक्ने यात्रु ठगी तथा आइपर्न सक्ने यातायात सम्बन्धि समस्या अनुगमनको लागी सादा पोसाकमा बिशेष टोली परिचालन गरेको छ । टोलीले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने र बढि भाडा लिन खोज्नेलाई निगरानीमा राखि नियन्त्रण गर्ने गरेको छ ।यात्रुसँग बढि भाडा लिने बाग्लुङ भगवती काउण्टरका कर्मचारी बर्ष ३० को मिलन सारुलाई महाशाखाले हिजो पक्राउ गरेको थियो । पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ ।

बढि भाडा लिएमा वा सार्बजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]