०८ पौष २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २३, २०७८

कञ्चनपुर – महेन्द्रनगरस्थित महाकाली अस्पतालमा अक्सिजन आपूर्ति सहज बनाउन सहकारी संस्थाहरूले सहयोग गर्न थालेका छन्‌। पाँचवटा सहकारी संस्थाहरूले पाँच लाख ५७ हजार एक सय ११ रुपैयाँ रकम अस्पताललाई सहयोग गरेका हुन्‌।

उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले एक लाख ५० हजार, मेघा ऋण तथा बचत सहकारी संस्थाले एक लाख ५० हजार, साना किसान सहकारी संस्था सुडाले एक लाख ५५ हजार, महिला किसान सहकारी संस्था झलारीबाट ५५ हजार, निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले ५१ हजार एक सय ११ र देवशक्ति बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार रुपैयाँ सहयोग गरेका छन्‌।​सहकारी संस्थाका पदाधिकारीहरूले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई सो रकम छुट्टा छुट्टै रुपमा हस्तान्तरण गरेका हुन्‌। उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी गणेश चन्दले अस्पतालमा कोरोना संक्रमित भै उपचारार्थ भर्ना भएका बिरामीलाई अक्सिजन लगायत अन्य स्वास्थ्य सामग्री अभाव हुन नदिन सक्दो सहयोग गरिएको बताए। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले अप्ठेरो समयमा सहकारी लगायतका अन्य दातृ संस्था तथा व्यक्तिहरूले सहयोग गरी गुन लगाएको उल्लेख गरे। उनले आगामी दिनहरूमा पनि सहयोग अपेक्षा गरिएको बताए।

यसैगरी अस्पताललाई लायन्स क्लब अफ महेन्द्रनगरले १० वटा, ह्युमानिटी फाउन्डेसनले ४१ वटा, जीआइजेड हस्पिटल सेक्टर सर्पोट कार्यक्रमबाट ३० वटा अक्सिजन सिलिण्डर, बैजनाथ ईन्जिनियरिङ्ग क्याम्पसबाट २५ हजार १२५ रुपैयाँ रकम र भीमदत्त नगरपालिका-१ का हरिराम पार्कीले पाँच हजार रुपैयाँ रकम उपलब्ध गराएका छन्‌।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]