
सप्तरी – सप्तरीका थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
छिन्नमस्ता गाउँपालिका–४ का ३७ वर्षीय पुरुष विराटनगरस्थित कोशी अस्पताल मातहत रहेको कोभिड अस्पतालमा आज विहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनका अनुसार विरामी परेपछि उनलाई उपचारको लागि अस्पतलमा भर्ना गरिएको थियो । सोही क्रममा परिक्षण गर्दा उनमा मंगलबार संक्रमण पुष्टि निमित्त प्रमुख यादवले बताए ।