
कोरोना संक्रमणका कारण हेटौँडा अस्पतालमा बुधबार थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–५ बस्ने ६८ वर्षीय एक पुरुष रहेको र उनको उपचारका क्रममा बुधबार बिहान ४ः१५ बजे मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्लेले जानकारी दिए ।मृतक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि गत बैशाख १५ गते उपचारका लागि हेटौंडा अस्पतालको कोभिड–१९ वार्डमा भर्ना भएको डा. काफ्लेले बताए ।
मृतक पुरुषमा अन्य कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या नरहेको अस्पतालले जनाएको छ ।पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि हेटौंडा अस्पतालमा संक्रमणका कारण दैनिक रुपमा संक्रमितहरुको मृत्यु भइरहेको छ ।योसँगै हेटौँडा अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।
यसअघि हेटौँडाका दुई जना, बारा अमलेखगन्जका दुई जना र महोत्तरीका एक जना कोरोना संक्रमितको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।