
सप्तरी – गर्मीमा शरीरमा पानीको मात्रा कम हुँदा पिसाब पोल्न सक्छ । तर, यो एकमात्र कारण भने होइन । पिसाब पोल्नु, पिसाब गर्दा पीडा हुनु जस्ता समस्याले अन्य रोगको पनि संकेत गर्छ । मुत्रनलीको संक्रमण लगायतका थुप्रै कारण हुनसक्छ, पिसाब पोल्ने र पीडा हुने । यौनरोगको संक्रमण, कुनै विष वा कडा औषधिका कारण मृगौला सुन्निनु अथवा पत्थरी भएको पनि हुन सक्छ । तपाईलाई बढी मात्रामा पिसाव पोल्ने समस्या छ भने त्यसको रोकथामका लागि गरिने घरेलु उपायहरु यस प्रकार रहेका छन् ।
–प्रशस्त पानी पिउने ।
–सरसफाइमा विशेष ध्यानदिने ।
–बोटैमा पाकेको आप १ हप्तासम्म दिनको दुइवटा सेवन गर्ने
–दुधमा मिश्रीको मिश्रण बनाएर पिउने
–गाजरको रस साँझ बिहान १–१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ ।
–दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ ।
–हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान–बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ ।
–दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ ।
–फिटकिरीमा थोरै पानी मिसाएर दिनमा दुई तीन पटक पिउने ।
–८० ग्राम गहुँको दानालाई भिजाएर बिहान थोरै मिश्री मिसाएर नियमित पिउनाले पनि राहत मिल्छ ।
–नरिवलको पानी प्रशस्त मात्रामा पिउने।
–यौनांगको विशेष सरसफाइ गर्ने।
–कटन वा सुतीका कपडाको प्रयोग गर्ने।