०८ पौष २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २१, २०७८

सप्तरी – सप्तरीमा आज (मंगलबार)सञ्चारकर्मी,स्वास्थ्यकर्मी सहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका सुचना अधिकारी सुर्यकान्त झाका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा ५२ जनाको पिसिआर परिक्षण हुँदा ३९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितमध्ये सञ्चारकर्मीसहित १५ जना राजविराज नगरपालिकाकै रहेको सूचना अधिकारी झाले बताए । राजविराज नगरपालिका–८ का ५३ वर्षीय र ४६ वर्षीय पुरुष तथा ५२ वर्षीया महिला, ३ का ४६ वर्षीय पुरुष, ४ का ५५ वर्षीय पुरुष, २ का ५४ वर्षीय पुरुष, ४६ वर्षीया महिला, ६ का ६८ वर्षीय पुरुष, ४ का ३० वर्षीय महिला, ७ का २९ वर्षीय पुरुष, १६ का २४ वर्षीय पुरुष, ३ का २२ वर्षीय पुरुष र ३० वर्षीया महिला, ५ का ७३ र ७५ वर्षीया महिला पोजेटिभ देखिएका छन् ।

यसैगरी खडक नगरपालिका–७ का २५ र ७० वर्षीया महिला, शम्भुनाथ नगरपालिका–३ का ३२ वर्षीय पुरुष, ६ का ३६ वर्षीया महिला, १० का ३१ वर्षीय पुरुष, रुपनी गाउँपालिका–३ का ४२ वर्षीया पुरुष, ४ का ३० वर्षीय पुरुष, ५ का ४२ पुरुष र २६ वर्षीया महिला, १ का ६२ र ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी छिन्नमस्ता गाउँपालिका–४ का ४८ र ४८ वर्षीय पुरुष, राजगढ गाउँपालिका–५ का ३५ वर्षीय, तिरहुत गाउँपालिका–५ का ७३ वर्षीया महिला, ३ का ५८ वर्षीय पुरुष, बोदे बरसाइन नगरपालिका–२ का २५ वर्षीय पुरुष र २४ वर्षीया महिला, ५ का ५२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी झाले मधेशलाइभलाई जानकारी दिए ।

यसैगरी तिलाठी कोइलाडी गाउँपालिका–१ का ४६ वर्षीय पुरुष, ८ का ५० वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका–६ का ४१ वर्षीय पुरुष, महादेवा गाउँपालिका–२ का ३८ वर्षीय पुरुष र कञ्चनरुप नगरपालिका–८ का ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यसअघि सोमवार पनि सप्तरीमा ४१ जनामा संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]