
बिराटनगर महानगरपालिका–१६, दरैयाबाट २ बोतल डाइलेक्स डिसी,१० चक्की नाईट्राभेट र ६ चक्की स्पास्मो प्रोक्सिभोन प्लससहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
केराबारी गाउँपालिका–७ का ३२ वर्षीय दिपेन्द्र कटुवाललाई समातिएको हो ।भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा को.२४प ६१५५ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकल चालक कटुवाललाई लागूऔषधसहित फेला पारिएको प्रहरीले बताएको छ ।