
सप्तरी – सप्तरीका दुई जना कोरोना संक्रमितको आज (मंगलबार) विहान उपचारको क्रममा मृत्यु भएको छ ।
सप्तकोशी नगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मातहतमा रहेको कोभिड–१९ अस्पतालमा मृत्यु भएको हो ।श्वासप्रश्वासमा समस्या आएपछि उनको मंगलबार विहान ५:१५ बजे मृत्यु भएको वीपी प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले बताए । उनी उच्च रक्तचाप र अन्य दीर्घ रोगी थिए ।यसैगरी हनुमाननगर कंकालीनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ६ बजे करिब मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारको लागि वैशाख १७ गते विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।