०८ पौष २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २१, २०७८

जनकपुरधाम – प्रदेश २ सरकारले कोभिड–१९ संक्रमणको महामारीलाई लक्षित गरी प्रदेशभरका अस्पताल तथा प्रयोगशालामा आवश्यक पर्ने ४१७ वटा अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

सोमबार मन्त्रिपरिषदको सम्पन बैठकले सो निर्णय गरिएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए । उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३, प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागी ३२–३२ लहान अस्पतालका लागि २३ तथा भारदह र पोखरिया अस्पतालका लागि १५–१५ वटा दरबन्दी थप गर्ने निर्णय भएको हो ।

बढ्दो कोभिड–१९ को महामारीमा पनि ती अस्पताल तथा प्रयोगशालामा अभाव रहेको स्वास्थ्यकर्मी तथा कर्मचारीहरु पूर्ति गरेर रोकथाम तथा नियन्त्रण प्रभावकारी रुपमा हुनसक्ने उद्देश्यले दरबन्दी थप गरिएको उनले बताए । थपिएको दरबन्दीमा एनेस्थेसियोलोजिष्टदेखि स्वीपरसम्म छन् ।

सो दरबन्दीहरुमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको मन्त्री साहले बताए । सोही बैठकबाट प्रदेशका ८ वटै जिल्लामा कोभिडको अवस्था र समस्या वुझेर समाधानको पहल गर्न मन्त्रीहरुलाई जिम्मेवारी तोकिने निर्णय गरेको छ ।

जसअनुसार सप्तरीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहाका लागि आर्थिक मामिला तथा योजना विजय कुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, सर्लाही र रौतहटका लागि उद्योग पर्यटन तथा वन मन्त्री राम नरेश राय र बारा तथा पर्साकालागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।सम्भार :मधेश लाईभ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]