०८ पौष २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २१, २०७८

सप्तरी – नेपालमा कोभिड-१९ को दोस्रो लहर चल्न थालेको एक महीनामै ६५ हजार संक्रमित थपिएका छन् भने ३३० जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, एक महीनाअघि २१ चैतमा १२८ जनामा संक्रमण देखिएको थियो भने कोरोनाबाट एक जनाको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा भने सात हजार ४४८ जनामा संक्रमण देखिएको छ भने ३७ जनाको मृत्यु भएको छ।

त्यतिबेला परीक्षण गरेकामध्ये ४.६ प्रतिशतमा संक्रमण देखिएको थियो। अहिले परीक्षण गरेकामध्ये ४३.३ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ।

यो एक महीनाको अवधिमा दैनिक संक्रमित थपिने क्रममा ५८ गुणाले बढेको छ। त्यतिबेला संक्रमितको संख्या दुई लाख ७७ हजार ७६८ थियो। अहिले आएर यो संख्या तीन लाख ४८ हजार ४१८ पुगेको छ।

सक्रिय संक्रमितको संख्या पनि अत्यधिक बढेको छ। २१ चैतमा सक्रिय संक्रमितको संख्या एक हजार ६१३ थियो। अहिले सक्रिय संक्रमित ५४ हजार ४१ पुगेका छन्।

कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या पनि बढेको छ। एक महीना अघि २१ चैतमा एक जनाको मृत्यु भएको थियो भने सोमबार ३७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। यो एक महीनामा ३३० जनाले ज्यान गुमाएका छन्।

त्यतिबेला नयाँ थपिने संक्रमितभन्दा निको हुनेको संख्या बढी थियो। २१ चैतमा १२८ जना संक्रमित थपिँदा १६१ जना निको भएका थिए। तर, अहिले सात हजार ४४८ जना थपिँदा दुई हजार २१ जना मात्रै निको भएका छन्।

एक महीना अघि गम्भीर बिरामीको संख्या शून्य थियो। कसैलाई पनि आईसीयू र भेन्टिलेटरमा राखिएको थिएन। अहिले भने ५७८ जना आईसीयूमा छन भने १४२ जनालाई भेन्टिलेटरमा राखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]