०८ पौष २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २०, २०७८

बाँके – बाँकेमा आइतबार राति र सोमबार बिहान गरी कुल ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५ जना बाँके जिल्लाका र एक जना बर्दिया जिल्लाका संक्रमित रहेका छन् । जसमध्ये नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको मृत्यु भएको बाँकेका कोरोना संक्रमण सम्बन्धी फोकल पर्सन तेज ओलीले जानकारी दिए ।मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ३ का ५१ वर्षका पुरुष छन् । उनको वैशाख ६ गते पीसीआर गरेर भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको सोमबार बिहान साढे ३ बजे अस्पतालमा नै मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै, नेपालगञ्ज उमनपा १ का ६६ वर्षका पुरुषको पनि सोमबार नै मृत्यु भएको हो । उनको बिहान ४ बजे मृत्यु भएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।

भेरी अस्पतालमै मृत्यु हुनेमा बर्दियाको बढैयातालका ४७ वर्षीया पुरुष समेत रहेका छन् । उनको वैशाख १७ गते कोरोना पोजिटिभ आएपछि उनलाई १८ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार बिहान साढे छ बजे मृत्यु भएको हो ।त्यस्तै, नेपालगञ्ज मेडिकल कलेजमा ४८ वर्षीय पुरुष र ६० वर्षीया वृद्धाको ज्यान गएको छ । मृतक पुरुष नेपालगञ्ज उमनपा ५ का स्थायी वासिन्दा हुन् भने उनको वैशाख ८ गते कोरोना पोजिटिभ देखिएपछि १४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार राति ९ बजेर १० मिनेटमा ज्यान गएको हो ।अर्का ३२ वर्षीय खजुरा गाउँपालिका २ का संक्रमितको सोमबार बिहान साढे ८ बजे मृत्यु भएको छ । उनको वैशाख ५ गते कोरोना परीक्षण गरिएको थियो भने उनलाई ७ गतेदेखि अस्पचालमा भर्ना गरिएको थियो ।

मृतक महिला भने बैजनाथ गाउँपालिका ८ की स्थायी वासिन्दा हुन् । उनको १९ गते कोरोना पोजिटिभ आएको थियो भने राति साढे १ बजे उनको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]