०८ पौष २०८२, मंगलबार
wait Please...

शुभ नारायण यादव

आइतबार, बैशाख १९, २०७८

सप्तरी – सप्तरीको गजेन्द्रनारायण सिंह अस्प्ताल राजविराजमा आइतवारबाट दैनिक रुपमा पिसिआर परिक्षण सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोख्रेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट भएको निर्णय अनुसार दैनिक रुपमा पिसिआर परिक्षण सुरु भएको हो ।यसअघि भने अस्पतालमा साताको दुई दिन मात्रै पिसिआर परिक्षण हुँदै आएको थियो ।‘अस्पतालबाट यसअघि साताको दुई दिन मात्रै पिसिआर परिक्षण हुँदै आएकोमा जिल्ला संकट व्यवस्थापन केन्द्रबाट भएको निर्णयअनुसार आइतवारदेखि दैनिक परिक्षण सुरु गरेका छौं’ अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजितकुमार झाले भन्नु भयो–‘कोभिडको लक्षण देखिएका विरामीलाई निःशुल्क परिक्षण भइरहेको छ भने अन्य स्वइच्छाले परिक्षण गराउनेहरुको हकमा सरकारी निर्णयअनुसार नै एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।’

उहाँका अनुसार परिक्षण गराउनको लागि नाम दर्ता गराउने समय विहान साढे १० बजेदेखि साढे ११ बजेसम्म तोकिएको छ । यसअघि भने सरकारी निर्णय अनुसार सबैको हकमा प्रति व्यक्तिबाट पिसिआर परिक्षण वापत एक हजार रुपैयाँ लिदै आएको निमित्त मेसु झाले बताउनु भयो ।यसेबिच बढ्दो कोभिड–१९ संक्रमणमा पनि हुने गरेको भीडभाडलाई कम गर्न सप्तरीमा आइृतवारबाट सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागु भएको छ ।हिजो, शनिवार प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भएको निर्णय अनुसार जोर–विजोर प्रणाली लागु भएको हो ।

अत्यावश्यक सेवा बाहेकका बस, कार, जिप, माइक्रो, म्याजिक, अटो, मोटरसाइकलसहित सबै सवारी साधनमा जोर–विजोर प्रणाली लागु भएको छ भने निर्णयअनुसार आइृतवार विजोड नम्बरका सवारी साधन चल्ने जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिनुभयो ।उहाँका अनुसार बिजोर गतेमा विजोड नम्बर र जोर गतेमा जोर नम्बरका सवारी साधन चल्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]