
ललित सामनत, दार्चुला-जिल्ला अस्पताल दार्चुलामा आकस्मिक बाहेकका सेवा आजबाट अर्को सुचना नभए सम्मका लागी बन्द गरिएको छ।
कोभिड–१९ संक्रमणको दोस्रो लहर देशै भरी तिब्र रुपमा फैलीरहेको अवस्थालाई मध्येनजर गर्दै आकस्मिक बाहेक ओपिडी लगायतका सेवाहरु हाललाई बन्द गरिएको अस्पतालद्धार जारी सुचनामा उल्लेख गरिएको छ।जिल्लाका विभिन्न स्थानिय तहका नागरिकहरु कोरोना संक्रमित भई अस्पताल भर्ना हुने बिरामीहरुको संख्या बढ्दै गई रहेको हुँदा तिब्र रुपमा फैलीरहेको अवस्थालाई ध्यानमा राखी अर्को सुचना जारी नभए सम्मका लागी स्थगित गरिएको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिए।अस्पतालमा ज्वरो आएका बिरामीहरुको चेकजाँचका लागी अस्पतालको आकस्मिक वार्ड बाहिर ज्वरो क्लिनिक संचालन गर्ने उनले बताए।
यो अवधीमा कुनै किसिमको स्वास्थ्य सम्बन्धि सल्लाह लिनु परेमा अस्पतालको फोन नम्बर ०९३–४२०३०८ मा सम्पर्क गर्न अनुरोध गरेको छ भने दार्चुलामा हाल सम्म ५० जनामा कोरोनाको नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।