
सप्तरी : महामारीबीच भारतको मुम्बईमा ‘कोभिड वाररुम’ चलाएर बसेका छन्, ३२ वर्षीय शाहनवाज शाहालम शेख र उनी २० जना सहयोगीसँगै भारतभर कोभिड-१९ बिरामीहरूलाई अक्सिजन सिलिन्डर सहयोग गर्न जुटेका छन्। आफ्नै खर्चमा ३० सिलिन्डर किनेर सहयोग गरेका उनले पछि १७० सिलिन्डर किने, आफ्नो एसयुभी गाडी बेचेर। उनलाई भारतमा ‘अक्सिजन म्यान’ नाम दिइएको छ