०८ पौष २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख १४, २०७८

अछाममा एकै विद्यालयमा पढ्ने १६ विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ ।

अछाम बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ कालिकामा रहेको नन्दा माध्यमिक विद्यालयका १६ जना विद्यार्थीमा कोरोना देखिएको हो।यो विद्यालयका २५ जना विद्यार्थीमा सोमबार एन्टिजेन परीक्षण गरिएको थियो। १० जना छात्र र ६ छात्रामा कोरोना पोजेटिभ देखिएको हो।गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बसन्तबहादुर रावलले विद्यालयका १० जना शिक्षकको पनि स्वाब लिइएको बताए।

विद्यार्थीमा कोरोना देखिएपछि शिक्षकहरूको पनि स्वाब संकलन गरिएको हो।एक सातादेखि विद्यार्थीमा टाउको दुख्ने, खोकी लाग्ने र ज्वरो आउनेजस्ता समस्या देखिएका थिए। संक्रमण देखिएका सबै विद्यार्थी होम आइसोलेसनमा छन्।सोमबारदेखि नै विद्यालय बन्द गरिएको छ। गाउँपालिका भित्रका अरू विद्यालय भने खुला नै छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]