२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख १४, २०७८

भारतमा संचालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपिएल) लगायतका खेलहरुमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ११ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट सट्टाबाजीमा प्रयोग गरेका १७ थान मोबाइल, नगद २ लाख ९६ हजार रुपैयाँ, डायरी, बेटिङमा हिसाब कितावको लागि प्रयोग भएको कागजातहरु समेत बरामद भएको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बनस्थली बस्ने कैलाली धनगढी नगरपालिकाका ३१ वर्षीय अशोक सिंह, काठमाडौं ठमेल बस्ने भारत बिहार घर भएका २९ वर्षीय बिक्रम कुमार जैसवाल, रौतहट गौर नगरपालिका घर भएका २८ वर्षीय राहुल कुमार जैसवाल, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका घर भएका ३६ वर्षीय राजु थापा, धादिङ गल्छी गाउँपालिका-घर भएका ३१ वर्षीय सन्तोष खतिवडा, ललितपुर महानगरपालिका जावलाखेल बस्ने भारत बिहार घर भएका ३१ वर्षीय अंकित कुमार कलवार, काठमाडौं कालिमाटी बस्ने मोरङ विराटनगर महानगरपालिका-३ घर भएका ३० वर्षीय संदिप कुमार मंडल, काठमाडौं महानगरपालिका-२३ बस्ने भारत हिमान्चल प्रदेश घर भएका ४६ वर्षीय सुशील जेस्टा, काठमाडौं लाजिम्पाट बस्ने भारत राजस्थान सुजनगढ थाना घर भएका ३१ वर्षीय पवन कुमार शर्मा, भारत राजसथान घर भएका ३० वर्षीय सुचित अग्रवाल र काठमाडौं जमल बस्ने भारत बिहार घर भएका ४० वर्षीय मुकेश जैसवाल रहेका छन् । भारतमा संचालन भइरहेको आइपिएल तथा प्रिमियर लिग फुटबल, लालिगा, सेरि ए लिग, युईएफए च्याम्पियन लिग लगायतका खेलहरुमा सट्टाबाजी भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट अनलाइन बेटिङ गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले भारत लगायत अन्य मुलुक समेतबाट सट्टेबाजी गर्नको लागि युजर आइडी र पासवर्ड लिई कमिसनमा खेल खेलाउने, ग्राहकहरु खोज्ने, हार जित भएका व्यक्तिहरुको रकम लिने-पुर्‍याई दिने जस्ता कार्य गर्ने गरेको खुल्न आएको छ । उनीहरु उपर थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]