
सप्तरी – सरकारको निर्णय विपरीत विद्यालय सञ्चालन गर्ने सप्तरीकाे राजविराज नगरपालिकाका ११ वटा निजी विद्यालयका प्रिन्सीपल पक्राउ पछि निशर्त रिहा भएका छन् ।
राजविराज नगरपालिकाका मेयर शम्भु यादव ,उपमेयर साधना झा ,नेपाल प्याब्सनका जिल्ला अध्यक्ष दिनेश यादव ,प्याब्सन अध्यक्ष देबानन्द चाेधरि ,नेशनल प्याब्सन अध्यक्ष बाेकु साह , युवा नेता शम्भु यादव सहितकाे नेतृत्वमा जिल्ला भरिका शिक्षक तथा फाउ्णडरहरुकाे पहलमा पक्राउ परेकाहरु अाज साझ रिहा भएका हुन । कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको विद्यालय बन्दको अवज्ञा गर्दै स्कुल खोलेको भन्दै अनगुमनको क्रममा ११ जना प्रिन्सीपलहरुलाइ पक्राउ परेकाे थियाे। सप्तरीका प्रमुख जिल्ला अधिकारी फण्रिन्द्रमणी पोखरेल र राजविराज नगरपालिकाका मेयर शम्भु यादवको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमणको क्रममा संचालनमा रहेको विद्यालयका प्रिन्सीपललाई पक्राउ गरिएको थियाे । पक्राउ पर्नेहरुमा सप्तरीकाे राजबिराज नगरपालिका वडा न.८ घर भई लक्ष्मी ईंकलिस बोडिं स्कुलका संचालक बर्ष ३८ को राजेश कुमार यादव , राजबिराज न.पा.८ बस्ने ऐ.ऐ. स्कुलका संचालक बैधनाथ कुमार झा, साेहि ठाउँ बस्ने ऐ. स्कुलका संचालक बुलन्द साह, राजबिराज न.पा.५ बस्ने ह्यापी ल्याण्ड मा.बि.का संचालक शैलेन्द्र कुमार ठाकुर ., साेहि ठाउँ बस्ने जानकी सेकेन्डरी स्कुलका शिक्षक हरी किसुन राम,साेहि ठाउँ बस्ने एन्जल बोडिङ स्कुलका संचालक नरेन्द्र प्रसाद देव , वडा न.०२ बस्ने पिस जोन स्कुलका संचालक उमाकान्त साह , वडा न.०१ बस्ने सृजना सेकेन्डरी बोडिङ स्कुलका शिक्षक रिमा झा , वडा न.०२ बस्ने लिटिल फ्लावर सेकेन्डरी स्कुलका संचालक डा.कामन्त देव , साेहि वडा न.०१ बस्ने ग्रिन ईंगलिस बोडिङ स्कुलका शिक्षक मनोज यादव र बिष्णुपुर गा.पा.वडा न.०६ बस्ने सिब्स बोडिङ स्कुलका संचालक नरेश साह रहेका थिए ।