
काठमाडौं – पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ जना र ८९३ जनाको एन्टीजेन परीक्षण गर्दा ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। देशभर हालसम्म ३ लाख ३ हजार ५६१ जनामा संक्रमण देखिएको छ।
यस्तै, एकैदिन १२ जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण देशभर ३ हजार १७६ जनाको मृत्यु भइसकेको छ।
हाल देशभर २२ हजार ४३४ सक्रिय कोरोना संक्रमित रहेका छन्।