२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १२, २०७८

विराटनगर – पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको इन्जिनियरिङ संकाय स्नातक तह दोस्रो सेमिस्टरको भौतिक शास्त्र (फिजिक्स) परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

प्रश्नपत्र आउट गरेको आरोपमा परीक्षा नियन्त्रण कार्यालयका विज्ञान तथा प्रविधि शाखाका कर्मचारी र विद्यार्थीसहित १० जनालाई पक्राउ गरेको हो ।प्रहरीले प्रश्नपत्र आउट गरेको आरोपम पियूका कर्मचारी विराटनगर ८ का ४४ वर्षीय कोमल प्रसाद गौतम, विद्यार्थीहरू संखुवासभाको मादी नगरपालिका ६ का ३५ वर्षिय गोपाल कार्की, रुपेन्देहीको तिलोचन नगरपालिका १२ का ३० वर्षिय विजय पोखरेल, गोर्खाको भिमसेन थापा गाउँपालिका १ का ३२ वर्षिय मिनप्रसाद भट्ट, गण्डागी गाउँपालिका ३ का ३१ वर्षिय भरत पन्त, सोही गाउँपालिका २६ वर्षिय विकास खड्का, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ का २९ वर्षिय नानिपथ मण्डल, सप्तरी वोदेवरसाईन नगरपाकिला ७ का २९ वर्षिय जीवन कुमार यादव र सप्तरीको अग्नीसायर कृष्णसवरण गाउँपालिका ५ घर भइ भक्तपुर लोकन्थली बस्दै आएका २६ वर्षिय महेश यादवलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये कार्की विद्यार्थी नेता हुन् ।

उनले पियुका कर्मचारी गौतमलाई लाखौं रुपैयाँ मोटो रकम दिने मौखिक सम्झौता गरि प्रश्नपत्र आउट गरेको मोरङ प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुल्न आएको छ । ‘कार्की पियूका पूर्व विद्यार्थी पनि हुन्,’ मोरङ प्रहरीका एसपी सन्तोष खड्काले भने, ‘कर्मचारी गौतमलाई मोटो रकम दिने सहमति गरेपछि प्रश्नपत्र आउट गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।’ कार्कीले पनि पक्राउ परेका इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थी विजय पोखरेलसँग ८० हजार रुपैयाँ लिएपछि आउट भएको प्रश्नपत्र बिक्री गरेका थिए । त्यसपछि विजयले अन्य पक्राउ परेका विद्यार्थीहरूसँग १० देखि २० हजार रुपैयाँ लिएको प्रराम्भिक चरणको अनुसन्धानबाट खुल्न आएको एसपी खड्काले बताए ।

उनीहरूले कति जनासँग पैसाँ लिएर एकमुष्ट रकम लिए त्यो खुलिसकेको छैन । अहिले अनुसन्धानको क्रममा रहेकोले पछि खुल्दै जाने एसपी खड्काले बताए । पक्राउ परेका मध्ये ८ जना इन्जिनियरिङ संकाय स्नातक दोस्रो सेमिस्टरका विद्यार्थी हुन् । कार्की विद्यार्थी नेता र गौतम पियुका कर्मचारी हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]