०८ पौष २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १२, २०७८

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई अक्सिजन सपोर्ट दिएर उपचार गरिएको छ।

पूर्वराजा शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा हिजो स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए।’उहाँको अवस्था सामान्य छ। कोभिडको विरामी र उमेरका कारण पनि राजदम्पत्तीलाई अक्सिजन सपोर्ट दिएर उपचार थालिएको छ’, नर्भिक अस्पतालका कम्युनिकेसन डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले भने, ‘हिजो (शनिबार) केही लक्षण देखिए पनि आज लक्षण हराएका छन्।’उनका अनुसार छोरी प्रेरणालाई भने अक्सिजन सपोर्ट दिनुपरेको छैन।

भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागि भएर आएपछि पूर्वराजदम्पतीलाई कोरोना संक्रमण भएको थियो। दिल्ली विमानस्थलबाट नेपाल आउने क्रममा गरिएको कोरोना परीक्षणमा नेगेटिभ आएको उनका संवाद सचिव फणि पाठकले बताए।शाहलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]