
सर्लाही – भारतसंग सीमा जोडिएको सर्लाहीका खुल्ला सिमामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सर्तकता नअनाउंदा जोखिम बढ्दै गएको छ ।
मानिसहरु सीमाबाट निर्वाध आवतजावत गरिरहेका छन् । सीमामा परीक्षणको प्रबन्ध छैन भने सील पनि गरिएको छैन ।सदरमुकाम मंलगवामा रहेको एउटा नाका मात्र खोल्ने निर्णय गरेपनि भारतसंगको ५१ किलोमिटर खुला सिमाबाट ओहोरदोहोर रोकिएको छैन ।जनस्तरबाटै सीमा सिल गर्नु पर्ने आवाज उठ्न थालेको छ ।