
एजेन्सी – भारतको एक अस्पतालमा अक्सिजन अभावले २० जना कोभिड संक्रमितको ज्यान गएको छ । राजधानी दिल्ली स्थित जयपुर गोल्डेन अस्पतालमा अक्सिजन अभावले बेडमा भएका ती विरामीको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतमा एकैदिन ३ लाख ४५ हजारभन्दा बढी संक्रमित, मृतक संख्या पनि हालसम्म कै उच्च अस्पतालको अक्सिजन सप्लाई प्लान्टमा अक्सिजन सकिएपछि ती विरामीले पर्याप्त अक्सिजन पाएनन्, त्यसपछि उनीहरुको ज्यान गएको हो ।जयपुर गोल्डेन अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. डिके बलुजाले अक्सिजनको प्रेसर कम भएका कारण २० जना विरामीको ज्यान गएको जानकारी दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्लान्टमा अक्सिजन सकिएपछि त्यसले जुन प्रवाहसाथ अक्सिजन प्रवाह गर्नुपर्ने हो त्यो गर्न नसक्नुलाई प्रेसर कम भएको भनिन्छ ।
पछिल्लो हप्ता दिल्लीमा अक्सिजनको सबैभन्दा बढी अभाव झेलिरहेको अस्पताल हो गोल्डेन जयपुर । यो अस्पतालले चाहिने भन्दा ६० प्रतिशत थोरै अक्सिजन पाइरहेको छ ।