
अछाम – जिल्लामा कोरोना भाईरसका कारण १ जनाको ज्यान गएकोे छ ।जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका ६५ बर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो।
भारतको गुजरातमा रोजगारीको शिलशिलामा रहेका उनी १५ दिन पहिले घर फर्किएका थिए। स्वास्थ्यमा समस्या देखीएपछि बयालपाटा अस्पतालमा गरीएको पिसिआर परिक्षण उनमा बैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
उनको आज (बिहिबार) बिहान ७ः३० मा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए।