०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०९, २०७८

धनकुटा – विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि धनकुटा नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्था नाै दिनका लागि बन्द गरिएको छ ।

धनकुटा नगरपालिका काेभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को आकस्मिक बैठकले बिहीवार (आज) देखि १७ गतेसम्मका लागि नगर क्षेत्रभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।धनकुटा नगरपालिका ६ मा रहेकाे धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत २० वर्षीय छात्रमा बुधवार कोरोना सङ्क्रमण पुष्टि भएको थियाे । केही दिनदेखि ज्वरोले सताएपछि उनी मङ्गलवार जिल्ला अस्पताल धनकुटामा भर्ना भएका थिए । पीसीआर परीक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले बताउनुभयाे ।

ती छात्रमा ज्वरोसहित निमोनिया पनि देखिएको छ । उनी अध्ययनरत कलेजमा १० जनाभन्दा धेरै विद्यार्थीहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएकाे छ । विद्यार्थीमा कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स कलेजले सूचना प्रकाशित गरी अर्को सूचना नआएसम्म अनिश्चितकालका लागि कलेज बन्द गरेको छ । कलेज बन्द गरिएपछि लक्षण देखिएका सबै विद्यार्थीको पीसीआर परीक्षण सुरु गरिएको छ । धनकुटा नगर क्षेत्रभित्र नै विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि धनकुटा नगरपालिका सीसीएमसीले गरेको निर्णय सार्वजनिक गर्दै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले वैशाख ९ गतेदेखि १७ गतेसम्म धनकुटा नगर क्षेत्रभित्रका सबै शैक्षिक संस्था बन्द गर्न आह्वान गर्नुभएकाे छ । ​

प्रकाशित सूचनामा भौतिक उपस्थितिमा गरिने पठनपाठन बन्द गरी अनलाइन वा वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गरिएको छ । साथै अहिले सञ्चालन हुँदै आएका परीक्षा भने स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरी सञ्चालन गर्न भनिएको छ ।धनकुटामा अहिले काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई रहेकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]