
पर्सामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका २४ का ३६ वर्षीय प्रमोद सर्राफ रहेका छन् ।प्रहरीले मंगलवार सर्राफलाई पक्राउ गरेको हो ।सर्राफले सोमवार ती बालिकालाई १० रुपैयाँ दिई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।