२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०८, २०७८

काठमाडौं – लोक सेवा आयोगले सन्चालन गरेको प्रहरी जवान पदको लिखित परीक्षामा नागरिकता र प्रवेशपत्रको फोटो नै परिवर्तन गरी २० जना नक्कली परीक्षार्थी सहभागी भएको खुलेको छ ।

गत फागुन २२ गते कञ्चनपुर, महेन्द्रनगर र दिपायलबाट लिइएको परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको खुलेको हो ।उनीहरुलाई लोक सेवा आयोगले लिने सबै प्रकारका परीक्षामा पाँच वर्षसम्म सहभागी हुन नपाउने गरी निलम्बन गरिएको छ । साथै उनीहरुलाई प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाउन नेपाल प्रहरीको सम्बन्धित कार्यालयलाई लेखी पठाउने निर्णय पनि लोक सेवा आयोगले गरेको छ । यसको विस्तृत विवरण लोक सेवा आयोगले सूचना सार्वजनिक गरी दिएको छ ।महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पस परीक्षा केन्द्रमा आठ जना तथा शान्ति निकेतन मावि र अमिती कलेजमा तीन/तीन जना नक्कली परीक्षार्थी फेला परेका छन् । अन्य परीक्षार्थी बालजागृती मावि, जानकी कन्या मावि र दिपायलमा फेला परेका हुन् ।
महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमी केन्द्रबाट परीक्षा दिएका एक जनाको भने परीक्षा मात्र रद्द गरिएको छ । उत्तरपुस्तिकामा आफ्नो विवरण लेखी हाजिरसमेत गरेर प्रश्नपत्र पाउनु अगावै परीक्षा केन्द्रबाट भागेका दिपेश बहादुर ऐडीको परीक्षा रद्ध गरिएको लोक सेवा आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]