
डोटी – भारतबाट फर्केर होमक्वारेन्टिनमा बसेका युवकको सामान्य स्वास्थ्य समस्या देखिएपछि मृत्यु भएको छ। ११ दिनअघि भारतको गुजरातबाट फर्केका डोटीको दिपायल सिलगढी नगरपालिका–१ घटालीका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
संगै काम गरिरहेका ती युवकका दाईको कोरोना संक्रमणका कारण गत शनिबार भारतमा मृत्यु भएको बताइएको छ।
दाजुको मृत्युपछि घर फर्केका ती युवकको पनि कोरोनाकै कारण मृत्यु भएको आशंका गरिएको छ।सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट बढेको र मंगलबार आफ्नै घरमा उनको मृत्यु भएको स्थानीयले बताएका छन्।